फेवातालमा डुंगा सरर…(तस्बिरहरु)


काठमाडौं । पोखरा प्रमुख पर्यटकीय गन्तव्य हो । आफैँमा सुन्दर रहेको पोखरामा थप सुन्दरता र आकर्षण थप्ने काम त्यहाँको मनोरम दृश्यहरूले गरेका छन् । पोखराको फेवाताल र पोखराबाट देखिने माछापुच्छ्रे, अन्नपूर्णसहितको हिमशृङ्खलाले पोखरालाई थप मनोरम बनाएको छ ।
पोखरा पर्यटकीय मात्रै होइन धार्मिक स्थल पनि हो । फेवातालको बिचमा रहेको तालवराही मन्दिर प्रसिद्ध धार्मिक स्थलका रुपमा परिचित छ । यहाँ दिनहुँ हजारौं भक्तजनहरू पूजा आराधना गर्छन् । त्यही मन्दिर परिसरमा बसेर फेवातालको चारैतिर दृश्यावलोकन गर्न सकिन्छ ।
फेवातालमा रहेको तालवराही मन्दिर दर्शन गर्नको लागि डुंगा चढेर जानु पर्ने हुन्छ । डुंगाबाट मन्दिर मात्र होइन विभिन्न सुन्दर दृश्यहरू र माछापुच्छ्रे, अन्नपूर्णसहितको हिमशृङ्खला पनि अवलोकन गर्न सकिन्छ ।
आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुंगा सयर गरेर पर्यटकहरूले मनोरञ्जन लिने गर्छन् । फेवातालमा दिनहुँ जसो आन्तरिक र बाह्य पर्यटकहरूले भरिभराउ देखिन्छ ।
