नेशनल लाईफको ३८ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न


काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि.ले आफ्नो ३८ औँ वार्षिकोत्सव समारोह सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ ।
कम्पनीको ३८ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्ग र शुभेच्छुकहरू प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले हार्दिक आभार व्यक्त गरेका छन् ।
उनले यस शुभ अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई आर्थिक सहयोग सहित त्यहाँ रहेका बाल बालिकाहरूलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको जानकारी दिए । उनले कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरूमा यस प्रकारका कार्यक्रमहरू आयोजना गरिएको बताए ।
उनले कर्मचारीहरूलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारीरिक तथा मानिसिक रूपमा सबल र सक्षम बनाउने उद्देश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
बुढानीलकण्ठ स्थित होटल लेमन ट्रि मा मनोरञ्जनात्मक प्रस्तुति सहित भव्य रूपले सम्पन्न गरिएको वार्षिकोत्सव समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
