स्रोत नहुँदा जनअपेक्षा पूरा गर्न कठिन : सुरेन्द्रराज पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्रोतसाधनको सिमितताका कारण प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।

‘बुकवर्म फाउण्डेशन’ को आयोजनामा पोखरामा आजदेखि सुरु भएको बाह्रौँ नेपाल साहित्य महोत्सवको ‘प्रदेशका पाइला’ सत्रमा उहाँले नागरिकका कतिपय माग पूरा गर्न प्रदेश सरकारसँग कानुनी आधारसमेत नभएको बताए ।

“सङ्घीय कानुन नबन्दा कतिपय प्रदेश कानुन पनि बन्न सकेका छैनन्, वित्तिय सङ्घीयताको आधारमा राजस्वको बाँडफाँट हुन सकेको छैन”, मुख्यमन्त्री पाण्डेले भने,“जनअपेक्षा अनुसारका काम गर्न प्रदेशसँग आर्थिक सामथ्र्य छैन, प्रदेश सरकार आफैँले राजस्वको दायरा बढाउन स्रोतसाधनको अभाव छ ।”

प्रदेशलाई आत्मनिर्भर नबनाएसम्म सङ्घीयता दिगो र सबल बन्न नसक्ने उनको भनाइ छ । ग्रामीण अर्थतन्त्रलाई टेवा पुग्ने गरी तीनै तहका सरकारले विकास गतिविधि सञ्चालन गर्नुपर्ने उनले बताए ।

आगामी बजेट बनाउँदा आवश्यकताका आधारमा र नागरिकले प्रत्यक्ष महसुस गर्न सक्ने विकास आयोजनालाई प्राथमिकता दिने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *