केपी ओलीको कपको फाइनल हेर्न बुफन नेपाल आउँदै

२०८१ फागुन १६ गते

काठमाडौं । इटालियन गोलरक्षक फुटबलर जिगायनलुइजी बुफन केपी ओली कपको फाइनल हेर्न नेपाल आउने भएका छन् । उनी १८ गते नेपाल आउने तालिका रहेको आयोजक स्रोतले बताएको छ ।
१९ गते हुने केपी ओली कपमा आफू प्रमुख अतिथिको रुपमा नेपाल आउने उनले एक भिडियो मार्फत जानकारी दिएका हुन् ।
२००६को विश्वकप विजेता गोलरक्षक बुफनले १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् १९९८ देखि २०१४ सम्म पाँच वटा विश्वकप खेलेका बुफन केपी ओली कपको मुख्य आकर्षकको रुपमा रहनेछन् । उनले इटालीका लागि ८० खेलमा कप्तानी गरेका छन् ।
उनले १९ गते दशरथ रङ्गशालामा हुने केपी ओलीको कपको फाइनल खेलको अवलोकन गर्नेछन् ।

२०८१ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित