मण्डलामा नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’ मञ्चन (तस्बिरहरू)
२०८१ फागुन १८ गते

काठमाडौँ । काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’ मञ्चन भइरहेको छ । कलाकार पशुपति राईले यस नाटकलाई निर्देशन गरेकी हुन् भने विजय बरालले निर्माण गरेको हुन् ।
फागुन ९ गतेदेखि मञ्चन सुरु भएको यो नाटक चैत ३ गतेसम्म मञ्चन हुनेछ । नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’ किराँतको मुन्दुम र श्रुति परम्पराबाट आएको लोककथामा आधारित छ । यस नाटकले समाजमा रहेको संस्कार, पितृसत्तात्मक सोच, र मिथकीय विश्वासहरूको कथालाई नाटकीय ढंगमा देखाएको छ ।
नाटकमा थिन्ले ल्हामो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय छ ।
हेर्नुहोस् तस्बिरहरू :-
२०८१ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित