सडकमा वडाध्यक्ष

…अनि दिन थाले सडकबाटै सेवा वडाध्यक्षले

कञ्चनपुर । कञ्चनपुरको बंक–नायल–बुडर सडकखण्डअन्तर्गत बंक क्याम्पस चोकदेखी दोमिल्लासम्मको सात किलोमिटर सडक वर्षौदेखी अलपत्र अवस्थामा छ । बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत सडक कालोपत्रे हुन सकेको छैन ।

बंक क्याम्पस चोकदेखी दोमिल्लासम्मको उक्त सडक कालोपत्रेका लागि वि.सं.२०७७ साउनमा सन्तोषी थेगिम जेभीसंग सम्झौता भएको थियो ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र बहादुर अधिकारीका अनुसार तीन वर्षभित्र काम सम्पन्न गरिसक्ने गरी सन्तोषी थेगिमसंग रु.८ करोड २८ लाख ५६ हजारमा सम्झौता भएको थियो । तर, सम्झौता अवधि सकिँदा समेत कालोपत्रेको काम भने अघि बढ्न सकेको छैन ।

‘बंक क्याम्पस चोकदेखी दोमिल्लासम्मको सात किलोमिटर सडक कालोपत्रेका लागि वि.सं. २०७७ साउनमा सन्तोषी थेगिमसंग रु. ८ करोड २८ ला ५६ हजारमा तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० असारमसान्तमै काम सम्पन्न भइसक्नुपर्थ्यो,कार्यालय प्रमुख अधिकारीले मकालुखबरसंग भने,‘तर, हालसम्म पनि कालोपत्रेको काम सम्पन्न हुन सकेको अवस्था छैन ।’

सार्वजनिक खरिद ऐन १३ औँ संसोधन नियमावली बमोजिम २०८२ चैत्र ३० सम्म पहिलोपटक म्याद थप गरिएको कार्यालय प्रमुख अधिकारीले बताए ।

काम सुचारुका लागि पटक-पटक पत्र लेखेपनि काम नगरेको अधिकारीको भनाई छ ।  ‘थुप्रै पटक पत्र लेख्यौँ । गर्दैन कहिले नभन्ने तर कहिल्यै पनि काम नगर्ने,सधैं गर्छु मात्रै भन्ने,’उनले भने ।

आफुले ठेक्का किन नतोड्ने भन्दै पछिल्लो पटक पनि पत्र लेखेको बताउँदै सो पश्चात् निमार्ण पक्षले काम सुचारु गर्ने बताएपनि हालसम्म काम सुचारु हुन नसकेको कार्यालय प्रमुख अधिकारीले बताए ।

ठेक्का तोड्ने प्रक्रियामा आफु गइसकेको बताउँदै अब पनि काम सुचारु नभए ठेक्का तोड्ने उनले बताए । ठेक्का तोड्ने पहिलो खुड्किलो पार गरिसकिएको कार्यालय प्रमुख अधिकारीले बताए । उनका अनुसार अबको दुई महिनाभित्रमा काम सुचारु नभए ठेक्का तोडिने छ ।

सन्तोषी थेगिम आर्थिक समस्या देखाउँदै पन्छिरहेको समेत कार्यालय प्रमुख अधिकारीले बताए ।

अलपत्र सडक निर्माण गर्न भन्दै जनप्रतिनिधिले बारम्बार सरोकारवाला निकायको ध्यानाकर्षण गराएपनि सडक निर्माण कार्य अघि बढ्न नसकेपछि सडकबाटै नागरिकलाई सेवा दिन थालिएको छ ।

कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउँदले अलपत्र सडकमै अस्थायी वडा कार्यालय स्थापना गरेर नागरिकहरुलाई सेवा दिइरहेका छन् ।

बंक–नायल–बुडर सडकखण्ड अन्तर्गत वडा नम्बर २ को बंक क्याम्पस चोकदेखी वडा नम्बर १ को दोमिल्लासम्मको सडक यथाशीघ्र कालोपत्रेका लागि दबाब स्वरुप अलपत्र सडकमै अस्थायी वडा कार्यालय स्थापना गरेर नागरिकलाई सेवा दिनुपरेको वडाध्यक्ष साउँदले बताए ।

‘बंक–नायल–बुडर सडकखण्ड अन्तर्गत बंक क्याम्पस चोकदेखी दोमिल्लासम्मको सडक यथाशीघ्र कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालय कञ्चनपुर र निर्माण व्यवसायी सन्तोषी थेगिम जेभीलाई दबाब दिने उद्धेश्यले बाध्य भएर सडकबाटै नागरिकलाई सेवा दिनु परेको हो,’वडाध्यक्ष साउँदले भने।

आफुले पटकपटक लिखित र मौखिक रुपमा अलपत्र सडक कालोपत्रेका लागि आग्रह गर्दा समेत सुनुवाई नभएपछि उक्त कदम चालिएको वडाध्यक्षले साउँदले बताए । वडाध्यक्ष साउँदको उक्त कदममा सबैले साथ,सहयोग र समर्थन जनाएका छन् । वर्षौदेखी अलपत्र सडक निर्माण नभएपछि स्थानीय भने आक्रोशित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *