राजधानी मोडेल कलेजका विद्यार्थीले बनाएका फलफूलका आकर्षक डिजाइन (तस्बिरहरु)

काठमाडौं । फलफूलहरू स्वास्थ्यको लागि अति नै उपयुक्त मानिन्छ । यसबाट विभिन्न प्रकारको भिटामिनहरू पाइन्छ ।

मौसम अनुसारको फलफूल खानाले स्वास्थ्य राम्रो मानिन्छ । मानिसहरु फलफूललाई विभिन्न रुपमा लिने गर्छन् । यसलाई जुसको रुपमा पनि लिन सकिन्छ भने सलादको रुपमा पनि लिइन्छ ।

विभिन्न होटलहरु र पार्टीहरूमा सलादको राम्रो डिजाइनहरू देखिएका हुन्छन् । फलफूलबाट नै विभिन्न प्रकारको डिजाइनहरू गर्न सकिन्छ ।

जस्तै विभिन्न रङ्गको गुलाफको फुल लगायत विभिन्न चित्रहरू पनि बनाउन सकिन्छ । यसले गर्दा मानिसहरूको ध्यान सलादको डिजाइन तिर नै आकर्षित हुने गर्छ ।

फलफूल खानको लागि मात्र नभई आकर्षक डिजाइनमा सजावट पनि गर्न सकिन्छ । काठमाडौंको राजधानी मोडेल कलेजका विद्यार्थीले पनि फलफूलका आकर्षक डिजाइन गरे ।

उनीहरूले कलेजको एक कार्यक्रममा आफूले सिकेको सिप देखाएका थिए । फल फुलबाट उनीहरूले फरक फरक प्रकारका परिकार पनि तयार पारेको थिए । हरौँ केही तस्बिरहरु…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *