स्कुटर दुर्घटना हुँदा सभामुखका पीएसओको मृत्यु

काठमाडौं । स्कुटर दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका सुरक्षाकर्मी (पीएसओ) प्रहरी नायब निरीक्षक (सई) योगेन्द्र बोहराको मृत्यु भएको छ ।

सोमवार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत गोदावरी नगरपालिका-२ विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा ३४ वर्षीय सई बोहराको निधन भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१-००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना हुँदा घाइते भएका बोहराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *