‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ पुस्तक लोकार्पण

काठमाडौँ । लेखक तथा प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण गरिएको छ ।

सोमवार काठमाडौंमा एक समारोहकाबीच त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले पुस्तकको लोकार्पण गरेका हुन् ।

लोकार्पण कार्यक्रममा बोल्दै लेखक तथा प्राध्यापक खरेलले पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको बताए । पुस्तकमा ८० प्रतिशत सामग्रीहरू विश्व दृष्टिकोणबाट लेखेको उनको भनाइ छ । उनले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई विश्वव्यापी रूपमै राजनीतिकरण र खण्डीकरणको प्रवेश भएको बताए ।

उनले नेपालका अधिकांश पत्रकारहरू राजनीतिक दलको भ्रातृ संगठनको सदस्य रहेको कारण समस्या भएको उल्लेख गर्दै उनले यसलाई शुद्धीकरण गर्नुपर्नेमा आफ्नो जोड रहेको बताए ।

उनले भने ‘अहिलेको पुस्तक चाहिँ आदर्शको हिसाबले पत्रकारिता चौथो अङ्ग नै हो । तर राजनीतिकरण, खण्डीकरणको प्रवेश पत्रकारिता क्षेत्रमा नेपालमा मात्र होइन विश्वभरि नै भयो । र मेरो पुस्तकमा ८० प्रतिशतभन्दा बढी सामग्री विश्वको दृष्टिकोणबाट मैले तयार गरेको छु । मैले पश्चिमा देशको अवस्थाहरूबारे विज्ञहरूसँग राखेको छु भने नेपालको अवस्थामा केही स्रोतहरू लिएको छु । नेपालको पत्रकारितामा पनि राजनीतिकरण भएको छ । धेरै पत्रकारहरू राजनीतिक दलको भातृ संगठनको सदस्य भएको हिसाबले त्यो शङ्कास्पद हुन्छ । यसलाई शुद्धीकरण गर्नुपर्छ भन्ने मेरो जोड हो ।’

पछिल्लो समय नेपालको मात्र नभई अमेरिका र युरोपको समेत पत्रकारिताको स्तर खस्किँदै गएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *