प्रदेश प्रमुख खापुङ समक्ष दलित आयोग प्रतिवेदन बुझाइयो

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष राष्ट्रिय दलित आयोगले आज यहाँ चौथो बार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका सदस्य टुन्जे कामी (बराइली)ले आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख खापुङ्गलाई बुझाएका छन् ।

सो अवसरमा प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै मुलुकलाई एकतावद्ध राख्न समाजमा कुनै पनि नागरिक माथि भेदभाव गर्न नहुने बताउनुभयो । उहाँले दलित माथि भएको भेदभाव राष्ट्रिय समस्या भएको चर्चा गर्दै मुलुकका सबै जातजाति, समुदाय, भाषाभाषी र सबै खालका पहिचानलाईसँगै लगेर देश बलियो बनाउनेतर्फ लाग्न आग्रह गरे ।

प्रदेश प्रमुख खापुङ्गले आयोगले पेश गरेको प्रतिवेदन प्रदेश सभामा व्यापक छलफल गरी कार्यान्वयन गर्न आफु सजग भएर लाग्ने प्रतिबद्धता जनाए । आयोगका सदस्य बराइलीले सिङ्गो सरकार दलितमैत्री भएमा समाजबाट छुवाछुत र भेदभाव अन्त्य गर्न सहयोग पुग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *