च्याम्पियन्स ट्रफी फाइनल

दुबईमा आज भारत र न्युजिल्यान्डबीच उपाधि भिडन्त, हेड टू हेडमा को अगाडि ?

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल आज (आइतबार) दुबईमा हुँदैछ । उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दैछन् । प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन् ।

भारत र न्युजिल्यान्डको फाइनल खेल दिउँसो नेपाली समयअनुसार २:४५ बजे यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । न्युजिल्यान्ड उपाधि उचाल्दै इतिहास निर्माण गर्न चाहन्छ । उसका लागि समूह चरणमा भारतसँग भोगेको पराजयको चुनौती दिनुपर्ने बाध्यतासमेत रहेको छ ।

यता समूह चरणमा पराजित गरेको न्युजिल्यान्डमाथि सहज जित निकाल्दै भारत उपाधि उचाल्न चाहन्छ । प्रतियोगितामा भारतले कुनै पनि खेल खेल्न पाकिस्तान नजाने बताएपछि हाइब्रिड मोडलमा यूएई र पाकिस्तानमा खेल भएका हुन् । आयोजक पाकिस्तान भए पनि भारत फाइनल पुगेपछि यो खेलसमेत युएईमै हुन लागेको हो ।

यस्तो छ इतिहास
आईसीसीको ३ वटै फर्म्याटका प्रतियोगितामा भारत र न्युजिल्यान्डबीच १६ खेल भएका छन् । जसमा १० खेलमा न्युजिल्यान्ड र ६ खेलमा भारतले जित हासिल गरेको छ । यद्यपि, एकदिवसीय क्रिकेटमा भने दुवै टिमले बराबरी खेल जितेका छन् । अर्थात् यी दुई टिमबीच १२ खेल हुँदा दुवैले समान ६-६ जित निकालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *