फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

२०८१ फागुन २५ गते

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

२०८१ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित