त्रिभुवन विमानस्थलमा राजावादीको प्रदर्शन [तस्बीरहरु]

२०८१ फागुन २५ गते
![त्रिभुवन विमानस्थलमा राजावादीको प्रदर्शन [तस्बीरहरु]](https://www.makalukhabar.com/wp-content/uploads/2025/03/rajabadi-mk-5.jpg)
काठमाडौं । त्रिभुवन विमानस्थलमा राजावादीहरुले प्रदर्शन गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किनै लाग्दा राजावादीहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले राजा आउ देश बचाउ भन्दै गणतन्त्र खारेजी र राजसंस्था पुनर्स्थापना माग गर्दै आइतबार प्रदर्शन गरेका हुन् ।
यसैबीच त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा भने कडाइ गरिएको छ । पास बाहेकका दुई पाङ्ग्रे भित्र लैजान निषेध गरिएको छ ।

२०८१ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित