यो बहकिएको मुटु होइन प्रिय…
२०८१ फागुन २५ गते

देखाउन मन छ विश्वलाई
हाम्रा हिमाली फूलहरू भुलाउन मन छ ती मनहरूलाई
प्राकृतिक सुन्दर फूलबारीमा
यो बहकिएको मुटु होइन प्रिय
हृदयको योजनामा गुम्सिएको उद्देलित मन हो
चिनियाँ अङ्ग्रेजी बङ्गाली हिन्दी उर्दु सिक्नेछन्
सत्कारलाई गाउँले स्कुलमा नानीहरूले
मक्ख हुनेछन् अतिथि
हाम्रा रीति र बानीहरूले
दिल भरेर, प्यास मेटेर जाउन्
पहाडी मूलका पानीहरूले
सरकारले बाटो बनाउनेछ,
जनमनले माटो बनाउनेछन् ।
सजाउनलाई, साझा सपनाहरू
(राजेन्द्र अविरल, हाल रोमनिया)
२०८१ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित