वसन्तपुरमा बिहानैदेखि होलीको रौनक (तस्बिरहरु)

२०८१ फागुन २९ गते

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा हर्षोल्लासका साथ फागु पूर्णिमा ‘होली’ मनाइँदैछ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर लगायत हिमाली र पहाडी जिल्लामा सर्वसाधारणले निकै हर्षोल्लासका साथ होली मनाउन सुरु भएको छ ।
वसन्तपुरमा होली मनाउन बिहानैदेखि भिड लागेको छ । वसन्तपुरमा नेपाली मात्र होइन, विदेशी पर्यटक पनि रङमा रंगिएका छन् ।
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्ध वृद्धाले उत्सवका रुपमा एक आपसमा रङ,अबिर लगाइदिने,नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।
हेरौं, वसन्तपुर क्षेत्रका तस्बिरहरु :-

२०८१ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित