महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट : युगाण्डाविरुद्ध बलिङ गर्दै नेपाल

२०८१ फागुन २९ गते

काठमाडौं । महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत युगान्डाविरुद्धको आजको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ । युगान्डाको एन्टेबे क्रिकेट मैदानमा युगान्डाका कप्तान जेनेत मम्बाजीले टस जित्दै पहिले ब्याङि गर्ने निर्णय लिइन् ।
प्रतियोगितामा नेपालले यसअघिका चार खेलमध्ये तीनमा हार बेहोरेको थियो । यसअघिको भेटमा युगाण्डा नेपालसँग एक विकेटले पराजित भएको थियो । साथै नेपालले नामिबियासँगै दुवै खेल र हङकङसँग एक खेलमा पराजय भइसकेको छ ।
नेपाल अङ्क तालिकाको पुच्छारमा छ ।

२०८१ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित