महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता : नेपाल युगान्डासंग ४० रनले पराजित

काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत युगान्डाविरुद्धको बिहीबार भएको खेलमा नेपाल पराजित भएको छ । नेपाल युगाण्डासंग ४० रनले पराजित भएको हो ।

२० ओभरमा युगाण्डाले दिएको ९१ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन । नेपाल १७ ओभर १ बलमा ५१ रनमा समेटियो ।

कविता जोशीले सर्वाधिक १२ रन बनाइन् भने इन्दु बर्माले ११ रन बनाइन् । पाँचजना खेलाडीले खाता नै खोल्न सकेनन् । युगाण्डाका इमाकुलेट नाकिसुयीले ४ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । इरेने मुटनीले ३ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । जानेत माबाजी र कोन्सी लेटले १(१ विकेट लिए ।

त्यसअघि एन्टेबे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाउँदै ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ रन बनाइन् । इस्थर इलोकुले २२ रन बनाइन् । स्टेफानी नाम्पिना १३ रनमा नटआउट रहिन् ।

नेपालका लागि रिया शर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् । पुजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीले १/१ विकेट लिए ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *