वुमन्स डे कप : समूह चरणको अन्तिम खेलमा आज हङकङको सामना गर्दै नेपाल

काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध खेल्दै छ । नेपाली समय अनुसार यो खेल अपराह्न १२: ४५ बजेदेखि सुरु हुने छ ।

यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक  तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *