एकैदिन ४ हजारले बढेर सुनको भाउमा नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च भएको छ । आज (शुक्रबार) सुन प्रतितोला ४ हजार रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो । उक्त रेकर्ड पनि तोडेर अहिले मूल्य उच्च बन्न पुगेको हो ।

चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *