भृकुटीमण्डपमा आजदेखि ‘पुष्प मेला’ सुरु (तस्बिरहरू)

काठमाडौँ । ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा शुक्रबारदेखि सुरु भएको एक्स्पो चैत ४ गतेसम्म हुनेछ ।

पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि एशोसिएशनले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला–प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ । यस वर्षको एक्सपोको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष रामबहादुर तामाङले बताए ।

उनले २६ औँ फ्लोरा एक्स्पोमा व्यावसायिक तथा अफिसियल स्टलसहित ८२ वटा स्टल रहने जानकारी दिए ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *