बाबुरामको प्रश्न : कम्युनिष्ट भनेर कार्यकर्ता र समाजवादी भनेर जनतालाई ठग्ने ?

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही पुराना कम्युनिष्ट घटकहरूले मौसमी रूपमा एक ठाउँमा उभिएर आफूलाई समाजवादी मोर्चा भन्ने गरेको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उनले सो कुरा बताएका हुन् । उनले कम्युनिष्ट भन्न लाज लागेको भए र समाजवादी भन्नु उपयुक्त ठानेको भए पार्टीको नाम नै समाजवादी राख्न सुझाव समेत दिए ।

भट्टराईले लेखेको स्टाटस

केही पुराना ’कम्युनिष्ट’ घटकहरूले मौसमी रूपमा एक ठाउँमा उभिएर आफुलाई ’समाजवादी मोर्चा’ भन्ने गरेका छन्। ’कम्युनिष्ट’ हरूको मात्र मोर्चा भएपछि त्यसलाई ’कम्युनिष्ट मोर्चा’ भने भैहाल्थ्यो। यदि ’कम्युनिष्ट’ भन्न लाज लागेको भए र ’समाजवादी’ भन्नु उपयुक्त ठानेको भए पार्टीको नाम नै ’समाजवादी’ राखे भैहाल्थ्यो!

कि ’कम्युनिष्ट’ भनेर कार्यकर्तालाई ठग्ने, अनि ’समाजवादी’ भनेर जनतालाई ठग्ने दोहोरो चाल हो? यसरी दुइवटा डुंगामा खुट्टा राखेर कता पुगिएला?यो भयंकर वैचारिक र नैतिक विचलन हो। यसको सट्टा विगतका कम्युनिष्ट आन्दोलनका अनुभव र नयाँ युगको नयाँ आवश्यकता अनुरूप उत्तर–पुँजीवादी र उत्तर–साम्यवादी वैचारिक–राजनीतिक विकल्प खोज्नेतिर लाग्ने हो कि?

त्यसनिम्ति सार्थक वहस हेतु नेसपा (नयाँ शक्ति) को हालै सम्पन्न प्रथम महाधिवेशनद्वारा पारित दस्तावेज “नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार“ बाट उद्धृत अंश “समुन्नत समाजवादको वैचारिक–राजनीतिक मार्ग निर्देशन“ यहाँ प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *