…अनि लगाए स्ववियु सभापतिका उम्मेदवारले नै क्याम्पसमा ताला

२०८१ चैत २ गते

काठमाडौं । यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका उम्मेदवारले नै क्याम्पसमा ताला लगाएका छन् ।
शुक्रबार स्ववियु सभापतिका दुई जना उम्मेदवारहरू श्रीधर श्रेष्ठ र विवेक बानियाँले त्रिचन्द्र क्याम्पसमा ताला लगाएका हुन् ।
उनीहरूले निर्वाचन समितिले मतपत्रमा उम्मेदवारको क्रमसंख्याको विषयमा एकलौटी ढंगले निर्णय गरेको भन्दै तालाबन्दी गरिएको बताएका छन् ।
त्रिचन्द्र क्याम्पसमा नेविसंघले गोविन्द कोइरालालाई उम्मेदवार बनाएको छ। तालाबन्दी गर्नेहरु नेविसंघकै बागी उम्मेदवार हुन् ।

२०८१ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित