घाँस काट्ने क्रममा रुखबाट खसेर खत्रीको मृत्यु

२०८१ चैत ४ गते

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा घाँस काट्न गएका एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ ।
स्थानीय ६० वर्षीय थमन खत्रीको घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको जङ्गलमा खनियाको रुखबाट खसेर मृत्यु भएको अवस्थामा स्थानीयले शव फेला पारेका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
स्थानीयले खबर गरेपछि आइतबार साँझ ताकम प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको थियो। वृद्धको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए ।
प्रारम्भिक अनुसन्धानमा घाँस काट्ने क्रममा रुखबाट खसेको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित