बैंकमा थन्किएको कोषलाई उत्पादनशील क्षेत्रमा लगानी गरौं : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरूको लगानी उत्पादनमूलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कोषको ध्यान उक्त कार्यतर्फ जानुपर्ने बताएका हुन् ।

अध्यक्ष ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरूको लगानी पूर्वाधार निर्माण,रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, हाइड्रोपावर लगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने बताए । उनले कोषहरूको करिब ५२ प्रतिशत भन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरूमा फिक्स डिपोजिटको रुपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताए ।

अध्यक्ष ढकालले भने, ‘नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायत अरु पनि कोषहरू रहेको छ । करिब ५२ प्रतिशत भन्दा बढी जुन फण्ड छ, त्यो बैंक तथा वित्तीय संस्थाहरूमा फिक्स डिपोजिटको रुपमा रहेको कुरा गर्नुभयो । यो अहिलेको परिस्थितिलाई लगानी विविधीकरणको लागि नयाँ नयाँ पोलिसीहरु पनि नयाँ नीतिहरू ल्याएका छौँ भन्नुभएको छ । जुन निकै सह्रानीय छ । करिब दुई खर्ब ७० अर्बको हाराहारीमा यहाँहरूको फण्ड रहेछ । त्यसैगरेर एसएसएफको कुरा गर्दा १ खर्ब जति छ । सञ्चय कोषको पनि त्यति नै ठूलो फण्ड छ । तर हामी खासगरी रोजगारी सिर्जना, पूर्वाधार बनाउने कुराहरू, आम पब्लिकलाई सर्भिस दिनेकुराको त्यत्तिकै खाँचो छ । यो फण्डको प्रयोग गर्न सकिरहेका छैनौँ । एउटा मेरिट बेसिसमा सर्टेन्ज प्रसेन्टेज पूर्वाधार निर्माण,रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, हाइड्रोपावर लगायत कतिपय फण्ड सरकार मातहतका कम्पनीहरूमा सुरु भइसकेको छ । निजी क्षेत्रको प्रोजेक्टमा पनि लगानी गर्नुपर्छ ।’

अध्यक्ष ढकालले जम्मा भएका फण्डहरु विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *