इलामका मानबहादुरको सांसद शर्माले निःशुल्क उपचार गरिदिने


काठमाडौं । इलामका ६१ वर्षीय मान बहादुर खड्काको नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गरिदिने भएका छन् ।
इलामको सूर्योदय नगरपालिका–९ का ६१ वर्षीय खड्का बिरामले थलिएका थिए । उनको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन ।
आर्थिक अभावका कारण उपचार नपाएको थाहा पाएपछि इलामका प्रदेश सांसद समसेर राईले उनको उपचारको लागि पहल गरे ।
आफ्नै निर्वाचन क्षेत्रका नागरिक उपचार नपाएर दुःख भोगिरहेको थाहा पाएपछि सांसद राई खड्काकै घरमा पुगेर उनको अवस्थाबारे जानकारी लिए । उनले बिरामीको अवस्था कांग्रेस सांसद डा. सुनिल शर्मालाई जानकारी गराए ।
बिरामी खड्काको अवस्था थाहा पाएपछि सांसद शर्माले काठमाडौं मेडिकल कलेजमा ल्याउन आग्रह गरेका थिए । उनले आफूले निःशुल्क उपचारको व्यवस्था गरिदिने घोषणा गरे ।
सांसद शर्माको आग्रहपछि प्रदेश सांसद राईको पहलमा बिरामीलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरेर उपचार प्रक्रिया सुरु गरिएको छ ।
डा. सुनिल शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेजले देशका ग्रामीण तथा दुर्गम भेगका जनताहरूलाई लक्षित गरी निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको छ ।
