नाइट क्लब आगलागीमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

२०८१ चैत ५ गते

काठमाडौं । टर्कीको स्वास्थ्य मन्त्रालयले उत्तरी म्यासेडोनियामा नाइट क्लब आगलागीबाट मृत्यु हुनेको संख्या ५९ जनाको मृत्यु भएको बताएको छ । आगलागीबाट घाइते भएका ९ जनालाई उपचारको लागि टर्किए पठाइएको छ ।
उत्तरी म्यासेडोनियाको कोकानीमा रहेको नाइट क्लबमा भएको विनाशकारी आगलागीपछि कम्तीमा ५९ जनाको मृत्यु भएको र एक सय भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ । घाइतेमध्ये तीन जनालाई इस्तानबुलको बासाकसेहिर क्याम र साकुरा सिटी अस्पतालको बर्न युनिटमा स्थानान्तरण गरिएको छ भने बाँकी ६ जनालाई उपचारको लागि राजधानी अंकाराको अंकारा बिल्केन्ट सिटी अस्पतालमा लगिएको छ ।
मेमिसोग्लुले बाल्कन देशहरूलाई सहयोग गर्ने टर्किएको प्रतिविद्धतालाई पुष्टि गर्दै आवश्यक परेमा थप बिरामीहरूलाई उपचारको लागि स्थानान्तरण गरिने बताए ।

२०८१ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित