आरआरको स्ववियु निर्वाचन अन्तिम समयमा स्थगित

काठमाडाैं । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तिम चरणमा आएर आकस्मिक रूपमा स्थगित गरिएको छ। आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि निर्वाचन रोकिएको हो।

निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले संयुक्त रूपमा सूचना जारी गर्दै, निर्वाचनका लागि सबै तयारी पूरा गरिसकिएको तर तालाबन्दीका कारण प्रतिकूल अवस्था सिर्जना भएकाले प्रक्रिया स्थगित गर्नुपरेको बताएका छन्।

सोमबार मध्यराति अनेरास्ववियुले क्याम्पस प्रवेशद्वारमा ताला लगाएको थियो। संगठनले क्याम्पस प्रशासनले फर्जी परिचयपत्र जारी गरेको आरोप लगाउँदै तालाबन्दीको कदम चालेको दाबी गरेको छ।

निर्वाचन समितिका संयोजक भट्टराईका अनुसार सरोकारवाला पक्षहरूसँग आवश्यक छलफल गरी उपयुक्त मिति तय गरेपछि मात्र निर्वाचन प्रक्रिया पुनः अघि बढाइनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *