चुनावको माग गर्दै आरआरमा नेवि संघ र अखिल क्रान्तिकारीको आन्दोलन (तस्बिरहरु)

काठमाडौं । अन्तिम समयमा स्ववियु निर्वाचन स्थगित आरआर क्याम्पसमा नेवि संघ र अखिल क्रान्तिकारी आन्दोलित भएका छन् । अनेरास्ववियुले ताला लगाएपछि आरआरमा निर्वाचन हुन सकेको छैन । नेवि संघ र अखिल क्रान्तिकारीले निर्वाचन हुनुपर्ने माग राख्दै आन्दोलन गरेका हुन् ।
आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि निर्वाचन रोकिएको हो । निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले संयुक्त रूपमा सूचना जारी गर्दै, निर्वाचनका लागि सबै तयारी पूरा गरिसकिएको तर तालाबन्दीका कारण प्रतिकूल अवस्था सिर्जना भएकाले प्रक्रिया स्थगित गर्नुपरेको बताएका छन् ।
संगठनले क्याम्पस प्रशासनले फर्जी परिचयपत्र जारी गरेको आरोप लगाउँदै तालाबन्दीको कदम चालेको दाबी गरेको छ । निर्वाचन समितिका संयोजक भट्टराईका अनुसार सरोकारवाला पक्षहरूसँग आवश्यक छलफल गरी उपयुक्त मिति तय गरेपछि मात्र निर्वाचन प्रक्रिया पुनः अघि बढाइनेछ ।