पूर्वाग्रह नराखी सशक्त रुपमा प्रस्तुत हुने आईजीपी थापाको घोषणा

२०८१ चैत ५ गते

काठमाडौं । नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले आफ्नो कार्यकालभरि सशक्त रूपमा प्रस्तुत हुने बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न ग्रहण समारोहमा सम्बोधन गर्दै उनले निष्पक्ष, पूर्वाग्रहविहीन र नागरिकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
थापाले प्रहरी संगठनको सुधार र प्रभावकारिता बढाउने लक्ष्यसहित जिम्मेवारी सम्हाल्न लागेको बताए । उनले संगठनलाई अझ जनमैत्री बनाउनका लागि निरन्तर प्रयास गर्ने र यसमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी सुम्पिएको हो । मंगलबार बिहान गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न प्रदान गरे । यससँगै, उनले आजै प्रहरी प्रधान कार्यालय, नक्शाल पुगेर आफ्नो पदभार ग्रहण गर्नेछन् ।

२०८१ चैत ५ गते
प्रतिक्रिया