एनएमबि बैंकद्वारा ग्रीन सेभिङ्स डिपोजिट सुरु

२०८१ चैत ५ गते

काठमाडौँ । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) बचत खाता योजना सुरु गरेको छ ।
सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ ।
यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने जनाइएको छ ।
बैंकका अनुसार सो खाताबाट ग्राहकहरूले आफ्नो लगानीको राम्रो प्रतिफल पाउने मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् ।
एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली, जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमालो गर्न बैंकले आग्रह गरेको छ ।

२०८१ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित