मोरङको कदमा गाउँमा आगलागी, दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट

२०८१ चैत ५ गते

काठमाडौं । मोरङको कदमा गाउँमा आगलागी भएको छ । जिल्लाको धनपालथान गाउँपालिकाको कदमा गाउँमा आगलागी भएको हो ।
आगलागीमा परे दुई बालबालिकाको मृत्यु भएको छ । ८ घर जलेर नष्ट भइसकेका छन् ।
चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
तस्बिर : सोनु कुमार दास

२०८१ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित