जिल्ला सभापतिले रास्वपा कम्पनी हो भनेपछि सोधियो २४ घण्टे स्पष्टीकरण

२०८१ चैत ५ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका सभापतिलाई स्पष्टीकरण सोधिएको छ। सुनसरीका सभापति जीवनकुमार श्रेष्ठलाई सोमबार २४ घण्टे स्पष्टीकरण सोधिएको हो । श्रेष्ठले रास्वपा पार्टी नभई कम्पनी हो भनेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ।
‘चैत ३ गते कोशी प्रदेशको आधिकारिक ग्रुपमा प्रदेश समिति सदस्य धनेश्वर शाहको ‘४ गतेको बैठक ८ गते सरेको होरु भन्ने जिज्ञासामा तपाईंले ‘यहाँ जे पनि हुनसक्छ। यो कम्पनी हो पार्टी हैन’ भन्ने अभिव्यक्ति दिई पार्टीप्रति दिग्भ्रमित पार्ने काममा अग्रसर भएको देखिन्छ,’ स्पष्टीकरणमा सोधिएको छ।

२०८१ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित