महाराजगञ्ज नर्सिङ क्याम्पसमा अखिलको बिरासत भत्काउँदै नेविसंघकी विन्दु विजयी

काठमाडौं । महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको विरासत भत्काउँदै नेपाल विद्यार्थी संघ विजयी भएको छ।नेविसंघबाट सभापतिमा विन्दु पोखरेल २५९ मतका साथ विजयी भएकी छन् ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी मनकुमारी बुढाले २५८ मत पाइन् । यहाँ सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन् । एक जना सदस्यमा भने अखिल उम्मेदवार विजयी भएकी छन्। यसअघि निरन्तर अखिल विजयी हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *