मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपूरमा बैशाखीवितरण कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चरपूरमा अपाङ्गता संरक्षण नेपाल संस्था सँग साझेदारीमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको छ ।

देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबाट आफ्ना दैनिक कार्य गर्न असहज भएकाले बैशाखी तथा सेतो छडीको आवश्यकताका लागि उक्त संस्थामा निकै निवेदन आउने गरेको, उक्त संस्थाको समन्वयमा बैंकले बैशाखीहरु वितरण गरेको थियो । उक्त सहयोगबाट उनीहरूको दैनिक जीवनमा राहत पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *