स्वास्थ्य बीमाको क्षेत्रमा सबै नागरिकलाई समेट्न जरुरी : डा.सुनिल शर्मा


काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले स्वास्थ्य बीमाको क्षेत्रमा सबै नागरिकलाई समेट्न जरुरी रहेको बताएका छन् । बुधवारको प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गराउँदै उनले सो कुरा बताएका हुन् ।
उनले कमजोर आर्थिक अवस्था र जनचेतनाको अभावले सामान्य प्रकृतिका रोगहरुको कारणले नागरिकले अकालमै ज्यान गुमाउनुपरेको उल्लेख गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्नुपर्ने बताए ।
प्रस्तावको समर्थन गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य र शिक्षाको हक आम नागरिकले पाउन नसकेको बताए । उनले स्वास्थ्य मन्त्रालयले सचिव र सम्बन्धीत मन्त्रालयका निकायहरुमा बिना कमिसनको नियुक्ति नहुने जिकिर गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राज्यले संविधानले प्रत्याभुत गरेका आधारभुत सुविधाहर जनतालाई नदिएसम्म जनता र राज्यबीचको सम्बन्ध राम्रो नहुने बताउए । उनले जरुरी सार्वजनिक महत्वको सूचनालाई कार्यान्वयनमा लैजान समेत आग्रह गरे ।
