त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन यथास्थितीमा राख्न अदालतको अल्पकालिन अन्तरिम आदेश

२०८१ चैत ६ गते

काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोक्न अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
बुधबार पाटन उच्च अदालतका न्यायाधीश डाल कुमार खड्काको एकल इजलासले स्ववियु निर्वाचन यथास्थितीमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा बुधवार वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, मोहनकुमार ढुंगाना, केदार कार्की र अधिवक्ता बमबहादुर कटुवालले बहस गरेका थिए ।

२०८१ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित