सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका संसदीय समितिमा पठाइयो

२०८१ चैत ६ गते

काठमाडौं । ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’लाई दफावार छलफलका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ ।
बुधवार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक’लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत सर्वसहमतिले स्वीकृत भएसँगै दफावार छलफलका लागि समितिमा पठाइएको हो ।
यो विधेयक गत माघ १५ गते प्रतिनिधि सभामा दर्ता भएको थियो भने माघ २७ गते सभामा प्रस्तुत भएको थियो ।

२०८१ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित