गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठी हुने

काठमाडौं । गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा भोलि बिहीबार ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठी हुने भएको छ ।

नेपाली कांग्रेसका नेता एवं सांसद डा.शेखर कोइरालाको प्रमुख आतिथ्यतामा बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा उक्त कार्यक्रम हुने भएको हो ।

जिपि कोइराला फाउन्डेशनले गर्न लागेको कार्यक्रममा शेखर कोइराला सहित बलबहादुर केसी, डा.चन्द्र भण्डारी,सुजाता कोइराला लगायत नेताहरुको सहभागिता रहने छ ।

२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका विभिन्न कालखण्डमा उनको भूमिका महत्त्वपूर्ण छ ।

गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेका कोइरालाको वि.सं. २०६६ चैत्र ७ गते निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *