भ्रम फैलाइएपछि जंगी अड्डाले निकाल्यो विज्ञप्ति


काठमाडौं । नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न कटिबद्ध रहेको बताएको छ ।
पछिल्लो पटक सङ्गठनलाई जोडेर आएका विभिन्न टीकाटिप्पणी तथा विश्लेषणबारे आधिकारिक जानकारी दिँदै सेनाले भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको बताएको हो ।
नेपाली सेनाले सङ्गठनबारे विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै आफ्नो आधिकारिक जानकारी लिएर यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न अनुरोध समेत गरेको हो ।
नेपाली सेनाका आफ्नो आधिकारिक धारणा तथा गतिविधिहरू नियमितरुपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक जनाउँदै सेनाले तथ्यपरक जानकारी मात्रै सम्प्रेषण गर्न सार्वजनिक आग्रह गरेको हो ।
