प्रधानमन्त्री ओली र माल्दोभाका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मिहेल पोप्सोइले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै आपसी हितका विषयमा छलफल भएको थियो ।

भेटका क्रममा जलवायु परिवर्तन, शिक्षा, संस्कृति तथा व्यापारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा दुवै नेताबीच समान धारणा रहेको पाइएकाे छ । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका सवाललाई महत्त्वपूर्ण ठान्दै हिमालदेखि समुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’ कार्यक्रममा माल्दोभालाई सहभागिता जनाउन आग्रह गरे ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल लगायत उच्च अधिकारीहरू पनि सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *