गाजामा इजरायली बम विस्फोटमा २५ प्यालेस्टिनीको मृत्यु

एजेन्सी । प्यालेस्टिनी स्रोतहरूकाअनुसार गाजा शहरको सब्रा छिमेकमा रहेको एक घरमा बुधवार इजरायली बम विस्फोटमा कम्तिमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ ।

अन्य दर्जनौं घाइते भएका छन् । पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले बताएका छन् ।

प्रत्यक्षदर्शीहरूले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन् । सुरक्षा स्रोतहरूले इजरायली युद्धविमानहरूले कम्तिमा एउटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।

इजरायली सेनाले मंगलवार बिहानदेखि गाजाका विभिन्न क्षेत्रहरूमा तिब्र हवाई आक्रमण शुरु गरेको छ ।

जसमा ४ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । दुई महिनाको युद्धविराम भंग भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *