दक्षिणी स्पेनमा भारी वर्षा : २ जनाको मृत्यु

एजेन्सी । लरेन्स आँधीबाट आएको मुसलधारे वर्षाले दक्षिणी स्पेनमा दुई जनाको मृत्यु भएको छ ।

एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एक व्यक्ति अझै बेपत्ता छन् ।

दक्षिणपश्चिमी प्रान्त सेभिलमा उद्धार सेवाहरूले बुधवार कन्स्टान्टिना नगरपालिका नजिकै बाढीले गाडी बगाएको फेला पारेका थिए ।

जसमा दम्पतीको शव फेला पारेका हुन् । यसैबीच कोर्डोबा शहर नजिकै सोमवारदेखि सत्तरी वर्षका एक पुरुष बेपत्ता छन् ।

स्पेनमा आएको आँधीको श्रृंखलामा लरेन्स आँधी पछिल्लो हो ।

जसले मार्चको पहिलो दुई हप्तामा औसत मासिक वर्षाको दोब्बर वर्षा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *