सुनको मूल्यमा कीर्तिमान यथावत्, कतिमा हुँदैछ किनबेच ?

२०८१ चैत ७ गते

काठमाडौं । नेपाली बजारमा बुधबार उच्च रेकर्ड बनाएको सुनको मूल्य बिहीबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५० हजार ८ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ ।

२०८१ चैत ७ गते
प्रतिक्रिया