बाराको रामनगरबाट १ सय ३ के.जी गाँजासहित ट्रक नियन्त्रणमा

काठमाडौँ । बारा जिल्लाको पचरौता नगरपालिका–३ रामनगरबाट चैत्र ६ गते राती सशस्त्र प्रहरी बलले करिब १ सय ३ किलो गाँजा सहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ ।

बाराको रामनगरबाट कोटवालीतर्फ जाँदै गरेको ट्रकलाई विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा चाकल बस्ने सिटको वर्नर भित्र र ट्रकको हुडमा लुकाएर लैजाँदै गरेको अवस्थामा उल्लेखित गाँजा फेला पारेको हो ।

बरामद गाँजा तथा ट्रक थप आवश्यक अनुसन्धान र कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *