ग्लोबल मनी विक २०२५ : कुमारी बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम


काठमाडौँ । ग्लोबल मनी विक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
ग्लोबल मनी विक २०२५ को ‘Think before you follow, wise money tomorrow’ भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै, कुमारी बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, Finfluencers (Financial Influencers) को प्रभाव, र Artificial Intelligence (AI) को प्रवेशले सर्वसाधारण, विषेशगरि युवाहरूलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्याउने उद्देश्य राखेको जनाएको छ ।
कार्यक्रम अन्तर्गत, सहभागीहरूलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिएको छ । यस अभियानमार्फत, कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरेको जनाएको छ ।
कुमारी बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता समेत जनाएको छ ।
