खेलकुद क्षेत्रलाई हाम्रो पार्टीले अझ अगाडि बढाउनेछ : देउवा


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको खेलकुद विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले खेलकुद क्षेत्रलाई काँग्रेसले अझ अघि बढाउनुपर्ने बताए । उनले खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्त्वपूर्ण रहेको बताए । उनले स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्ने बताए । उनले स्वस्थ शरीर आवश्यक रहेको बताए ।
उनले भने ‘खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्त्वपूर्ण छ । यसलाई हाम्रो पार्टीले अझ अगाडि बढाउनेछ । स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्दछ । त्यसैले स्वस्थ शरीर आवश्यक छ । स्वस्थ रहनका लागि खेलकुदको आवश्यक छ । खेलकुदले स्वस्थ राख्नुका साथै दिमाग र मानसिकता ताजा बनाइरहन्छ । यस्ता कार्यक्रमहरूले खेलाडीहरूको मनोबल बढाउँछ, खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनेछ ।’
सभापति देउवाले खेलकुद क्षेत्रको विचार विमर्शले आगामी दिनमा खेल क्षेत्रको नीति नियम बनाउन मद्दत पुग्ने जिकिर गरे ।
