पद्मकन्यामा विद्रोह : नेविसंघलाई पाखा लगाउँदै सबै पदमा स्वतन्त्रको जित

काठमाडौं । पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा ऐतिहासिक परिवर्तन आएको छ । प्रमुख राजनीतिक दलका भातृ संगठनहरूलाई पछार्दै स्वतन्त्र उम्मेदवारहरूले सबै पदमा विजय हासिल गरेका हुन् ।

निर्वाचन अधिकृत सहप्राडा. शैलेन्दुप्रकाश नेपालका अनुसार क्याम्पस अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐरले ७ सय ३० मत प्राप्त गरी जित दर्ता गरेकी छन् । उनकी प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी पूर्णिमाया परियारले ३ सय ७९ मत प्राप्त गरिन् ।

सचिव पदमा स्वतन्त्र उम्मेदवार सन्ध्या बस्याल ६ सय ९५ मतसहित विजयी भइन् भने प्रतिस्पर्धी नेविसंघकी विपना न्यौपानेले ३ सय ६१ मत पाइन् । कोषाध्यक्ष पदमा संकल्पिका थापाले ६ सय ६६ मत ल्याएर जित हासिल गरिन्, जहाँ नेविसंघकी चाँदनी शाह ४ सय५ मतमा सीमित रहिन् ।

सदस्य पदमा पनि स्वतन्त्र उम्मेदवारहरूको वर्चस्व रह्यो । उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता वि।क, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यनसु कटवाल निर्वाचित भए । चैत ७ गते सम्पन्न चुनावको नतिजा आयोगले गएराति सार्वजनिक गरेको हो ।

यस पटकको स्ववियु चुनावमा नेपाल विद्यार्थी संघ (नेविसंघ) एक्लै चुनावी प्रतिस्पर्धामा थियो भने नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र समर्थित अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका थिए । चैत ५ गतेका लागि तय भएको निर्वाचन अनेरास्ववियु समर्थक विद्यार्थीहरूले अवरोध गरेपछि चैत ७ गते मात्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया

3 thoughts on “पद्मकन्यामा विद्रोह : नेविसंघलाई पाखा लगाउँदै सबै पदमा स्वतन्त्रको जित

  1. गज्जब भयो दलेहरुको अब यसै गरि पत्तासाफ गर्नु पर्छ काठमाडौ महानगर ,धनगढि र धरान बाट सुरु भएको स्वतन्त्र अभियान अब कलेज सम्म पुग्यो अब सम्सदिय निर्वाचन मा ठूलो संख्या मा स्वतन्त्र हरु को जित निश्चित छ

  2. धेरै राम्रो दलहरुको धेरै अराजक गतिविधि बढेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *