क्रोएसियाले फ्रान्सलाई हरायो, पोर्चुगलमाथि डेनमार्कको महत्वपूर्ण जित

काठमाडौं । युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा क्रोएसियाले जित हासिल गरेको छ । क्रोएसियाले फ्रान्सलाई बिहीवार २-० ले हरायो । घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन एन्टे बुदिमिर र इवान पेरिसिकले गोल गरे ।

खेलको २६औं मिनेटमा गोल गर्दै बुदिमिरले सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाका लागि इवानले गोल गरे । दुईबीचको दोस्रो लेग मार्च २४ मा फ्रान्समा हुनेछ ।

अर्को खेलमा डेनमार्कले पोर्चुगलविरुद्ध महत्वपूर्ण जित निकालेको छ । डेनमार्कले पोर्चुगललाई १-० गो अन्तरले पराजित गरेको हो ।

डेनमार्कको जितका खेलको ७८औं मिनेटमा रोसमस होजलुन्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । गोल गरेपछि होजलुन्डले आफ्ना आइडल रोनाल्डोकै अगाडी उनको चर्चित सेलिब्रेसन गरेका थिए । यस खेलमा खेलको २४औ मिनेटमा क्रिस्टियन इरिक्सनले पेनाल्टी मिस गरेका थिए ।

अब क्वाटरफाइनलको दोस्रो लिग मार्च २३ मा पोर्चुगलको घरेलु मैदानमा हुने छ । त्यस्तै क्वाटरफाइनलको अर्को खेलमा नेदरल्याण्डस र स्पेनले २-२ गोलको बराबरी खेलेका छन् भने जर्मनीले इटालीले २-१ ले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *