म्याग्दीमा ट्याक्टर दुर्घटना : दुईजनाको मृत्यु, चार घाइते

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङमा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

ग १ त ७१९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब १५० मिटर तल खस्दा १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर पौडेलका अनुसार दुर्घटनामा पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको थियो भने देविन विकले लुलाङ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस दुर्घटनामा घाइते भएका स्थानीय कविराज विक, कमल विक, मालिका गाउँपालिका-६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका-४ का किस्मत विकलाई प्रारम्भिक उपचारपछि सदरमुकाम बेनी पठाइएको थियो । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल रेफर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *