परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्किंदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमण सकेर स्वदेश फर्किंदै छिन् । उनी भारतीय समयअनुसार दिउँसो १२ बजे नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री राणा फागुन २६ गते धार्मिक भ्रमणका लागि भारत गएकी थिइन् । त्यसक्रममा उनले चैत ४ गतेदेखि नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा समेत सहभागिता जनाइन् ।

भारत भ्रमणकै सिलसिलामा उनले चैत ५ गते भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरिन् । भेटमा उनले नेपाल-भारत सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिने कुरा राखेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *